काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष नेपालका लागि साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत साद नास्सेर अब्दुल्ला अबु हेइमद र स्लोभाकका गैर आवासयी राजदूत रोबर्ट म्याक्सियनले प्रमाणपत्र बुझाएका हुन्। कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्कासहितका उच्च तहका अधिकारी सहभागी थिए।