लन्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बिहीबार मध्यान्ह बकिङहम प्यालेसमा आयोजित विशेष समारोहकाबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। कोभिड-१९को जोखिमका कारण महारानी भने विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै भर्चुअल माध्यमबाट आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझेकी थिइन् । सो क्रममा राजदूत आचार्यको कार्यकाल […]