संखुवासभा : संखुवासभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधव नेपाल समूहबीच पार्टी कार्यालयको विवादमा जुहारी चलिरहेको छ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेपछि गत फागुन २५ गते जिल्ला अध्यक्ष हेमराज घिमिरेले राखेको पार्टी कार्यालयको बोर्ड हटाएर ओली समूहले फागुन २६ गते नयाँ बोर्डसहित पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको डमी राखेको थियो।जिल्ला अध्यक्ष घिमिरेले लगाएको ताला तोडेर ओली पक्षले राखेको अध्यक्ष ओलीको डमी माधव समूहले वैशाख १८ ग