संखुवासभा : दुर्गमका नागरिकलाई निःशुल्क स्वास्थ्य दिन अर्थोपेडिक सर्जन डाक्टर गोविन्द केसी संखुवासभाको जिल्ला अस्पताल खाँदबारी आइपुगेका छन्। संखुवासभा आइपुगेका डा. केसीले सोमबार बाट स्वास्थ्य सेवा दिने थालेका हुन्।केसी स्वास्थ्य क्षेत्रको परिर्वतनका लागि भन्दै विभिन्न जिल्ला पुगेर अनसन बस्ने गरेको भएपनि यो पटक स्वास्थ्य सेवा दिन पहाडी जिल्लामा छन्। दुर्गमका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिन केसी जिल्ला दौडाहामा छन्।डा. केसी प्रदेश नम्बर १ का खोटाङ, भोजपुरमा सेवा दिँदै संखुवासभा आइपुगेका