विराटनगर : संखुवासभा जिल्ला कृषि र पर्यटकीय क्षेत्रका साथै रुद्राक्ष व्यापारका लागि प्रख्यात मानिन्छ।समुद्री सतहदेखि ४५७ मिटरमा अवस्थित संसारकै सबैभन्दा होचो अरुण उपत्यका रहेको छ भने विश्वको पाँचौँ अग्लो हिमशिखर मकालु हिमालले संखुवासभा जिल्लाको सुन्दरतामा थप निखार थपिएको छ।संखुवासभा विभिन्न जातजाति‚ संस्कार र संस्कृतिको विविधताले सजिएको छ।