राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमुक्तसम्बन्धी विवाद निर्वाचन आयोगमा पुगेको छ । मुकुल ढकालले आफूलाई महामन्त्री र प्रवक्ताबाट हटाउने पार्टीको निर्णय संविधान र राजनीतिक दलसम्बन्धी कानुनविपरीत भएको दाबी गर्दै त्यसलाई कार्यान्वयन नगर्न आयोगमा निवेदन दिएका छन् ।