बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी प्रमिला कोइरालाको गोठमा १० वर्षअघि दुइटा ब्राखा, एउटा गाई थियो । आफ्नो गोठमा २०–२५ वटा बाख्रा, दुई–चारवटा भैँसी, गाई होस् तथा पर्याप्त कुखुरा, परेवा पाल्ने उनको सोच थियो ।...
काठमाडौं । कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज अर्थात् सोमवार रहेको छ ।
यी दुवै कम्पनीले फागुन ३० गते बुक क्लोज गरेकाले आज सोमवार अर्थात् फागुन २९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कृषि विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश ( करसहित) र २ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभाले अग्राधिकार शेयरधनीलई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत १४ गते साधारण सभा बोलाएको छ । सभा कृषि विकास बैंक लिमिटेडको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा हुने जानकारी कम्पनीले दिएको हो ।
त्यस्तै स्वरोजगार लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र कर सहित १ दशमलव १५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ११ गते साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि सोमवार रहेको छ । यी दुवै कम्पनीले फागुन ३० गते बुक क्लोज गरेकाले भोलि सोमवार अर्थात् फागुन २९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (करसहित) र २ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै सभाले अग्राधिकार शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले चैत १४ गते बोलाएको साधारण सभामा उक्त प्रस्ताव प्रस्तुत गर्नेछ । सभा कृषि विकास बैंक लिमिटेडको केन्द्रीय तालीम प्रतिष्ठान बोडे भक्तपुरमा हुने जानकारी कम्पनीले दिएको हो ।
त्यस्तै स्वरोजगार लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र करसहित १ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले चैत ११ गते आयोजना गरेको साधारण सभामा यो प्रस्ताव प्रस्तुत गरिनेछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते १४ औं वार्षिक साधारण सभा बोलाएको छ । गत फागुन १७ गतेको सञ्चालक समितिको बैठकले नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ५१ करोड ४० लाख ९९ हजारको आधारमा २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उल्लिखित प्रस्तावसँगै सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीहरूको तर्फबाट तीन जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ३० गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
२८ पुस, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २३.१५७९ प्रतिशत लाभांश दिने भएको छ । २७ पुस बुधबार बसेको सञ्चालक समितिकेा बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल काय चुक्ता पूँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँको २२ प्रतिशतले हुने आउने ११ करोड […]
कात्तिक ५, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले कात्तिक २७ गते १३औं वार्षिक साधारण सभा गर्ने भएको छ ।
सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाको अन्य प्रस्तावमा अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै वित्तीय संस्थालाई मर्जर वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ११ गतेसम्मका शेयरधनी मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
भदौ २३, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/ ७८ को लागि २५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।
कम्पनीका बुधवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ४१ करोड १२ लाख ७९ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
यस वर्ष बोनस शेयरमा लाग्ने करमा भने कम्पनीका शेयरधनीहरुले छूट पाउने भएका छन् । कम्पनीले जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७७ साल असोज २५ गतेदेखि एकीकृत कारोबार गरेकाले प्राप्ति प्रयोजनका लागि बोनस शेयरमा लाग्ने करमा छूट पाउने भएको हो ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।