स्वरोजगार लघुवित्तले प्रस्ताव गर्‍यो लाभांश, बोनस सेयर २२ प्रतिशत दिँदा नगद कति ? - BIZMANDU

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। लघुवित्तको पुस २७ गते बुधबार बसेको संचालक समितिको बैठकको निर्णयले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २३.१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। सो लाभांशमध्ये लघुवित्तले चुक्ता पुँजीको २२ प्रतिशतले हुन आउने ११ करोड ३१ […]

सम्बन्धित सामग्री

फस्ट माइक्रो फाइनान्स लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । लघुवित्तले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको प्रस्तावअनुसार १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने भएको हो । १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार रूपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ ।यस्तै, १ प्रतिशत हुन आउने ९६ लाख ४४ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सञ्चालक समितिल

३० प्रतिशत लाभांश दिन नेपाल ल्युवले बोलायो एजीएम, बोनस सेयर कति ?

नेपाल ल्यूव आयलले असोज २८ गते ३१ औं वार्षिक साधारणसभा गर्ने भएको छ । असोज ४ गते बसेको कम्पनीको संचालक समिति बैठकले यस्तो निर्णय गरको हो । कम्पनीले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि सभामा लाँदैछ । कम्पनीको संचालक समितिले गरेको सो प्रस्ताव सभाले पारित गरेमा लाभांश वितरण गरिनेछ । कम्पनीका अनुसार यस्तो लाभांशमध्ये २५ प्रतिशत बोनस सेयर रहेको छ र ५ प्रतिशत नगद लाभांश छ । साधारणसभा प्रयोजनकै लागि असोज १४ गतेदेखि असोज २८ गतेसम्म कम्पनीको सेयर दाखिला खारेजी कार्य बन्द रह

हिमालयन जनरल इन्सुरेन्सको साधारण सभा भोली, बोनस कति ?

काठमाडौं, २९ फागुन । हिमालयन जनरल इन्सुरेन्सले लाभाशं प्रस्ताव पारित गर्न फागुन ३० गते (सोमबार) साधारण सभा डाकेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको […]

गरिमा विकास बैंकले बोलायो साधारण सभा, बोनस कति ?

काठमाडौं, २६ फागुन । गरिमा विकास बैंकले चैत १८ गते (शुक्रबार)का लागि साधारण सभा बोलाएको छ । सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १६ प्रतिशत बोनस दिने प्रस्ताव पेश गर्दैछ । बैंकले सहारा विकास बैंकलाई प्राप्ति पश्चात कायम चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँबाट बोनस सेयर घोषणा गरेको […]

एलआइसी नेपालले बोलायो साधारण सभा, बोनस कति ?

काठमाडौं, १० फागुन । लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) ले फागुन ११ गते (बुधबार) वार्षिक साधारण सभा गर्दैछ । कम्पनीले सभामा २१.०५ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो […]

जानकी फाइनान्सले बोलायो साधारण सभा, बोनस सेयर कति ?

काठमाडौं ४ फागुन । जानकी फाइनान्सले वार्षिक साधारण सभा शनिबार फागुन ७ का लागी बोलाएको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्दैैछ साथै, कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पेश गरिनेछ । कम्पनीले बोनस वितरणमा ४७ लाख ४० हजार ६०० रुपैयाँ खर्च गर्न लागेको हो । […]

जानकी फाइनान्सले बोलायो साधारण सभा, बोनस कति ?

काठमाडौं, २८ माघ । जानकी फाइनान्सले कम्पनीको २५औं वार्षिक साधारण सभा फागुन ७ का लागि बोलाएको छ । जानकी फाइनान्सले १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि दिने प्रस्ताव पेश गर्ने जनाएको छ । कम्पनीले बोनस वितरणमा ४७ लाख ४० हजार ६०० रुपैयाँ खर्च गर्न लागेको हो । सभामा आर्थिक […]

आइसिएफ़सी फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति, कति पुग्छ चुक्ता पुंजी ?

आइसिएफ़सी फाइनान्सले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। फाइनान्सको असोज २५ गते बसेको २८७ औं संचालक समितिको बैठकले आर्थिक बर्ष  २०७७-०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ। आईसीएफसीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४ प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। उक्त लाभांस प्रस्ताव फाइनान्सको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा वितरण हुनेछ। फाइनान्सले चुक्तापुंजी १ अर्ब २ करोड ४२ लाख रुपैयाँको १४ प्रतिशतले हुन आउने १४ करोड ३३ लाख रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो। जस मध्ये १० प्रतिशत बोनस सेयर रहेको छ। बोनस सेयर वितरण पश्चात फाइनान्सको चुक्तापुंजी १ अर्ब १२ करोड नाघ्नेछ।

हिमालयन बैंकद्वारा तीन बर्ष यताकै बढी लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन बैंकले गत आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट बोनस र नगद गरि २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। बैंकले प्रस्ताव गरेको लाभांशमा २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद रहेको छ। बैंकले गरेको यस पटकको लाभांश प्रस्ताव तीन बर्ष यताकै सबै भन्दा बढी हो।बैंकले गत आर्थिक बर्ष २०७६/७७ मा १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांस, अघिल्लो आर्थिक बर्ष २०७५/७६ मा १२ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २२ प्रतिशत लाभांश, आर्थिक वर्ष २०७४/७५ मा १०.७९ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी कुल १५.७९ प्रतिशत लाभांश दिएको थियो। हाल मर्जर प्रकृयामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको भन्दा हिमालयन बैकको लाभांश प्रस्ताव १० प्रतिशतले बढी हो। नेपाल इन्भेष्टमेन्टले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरिसकेको छ। बैंक संचालक समितिले गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी बार्षिक साधारणसभाले अनुमोदन गरेपछि तोकिएको मितिसम्म कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्नेछन।

सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस सेयर दिने, नगद कति ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको ०.५२६३ प्रतिशत नगद लाभांश गरेर कुल...