चूडामणि उप्रेती (गोरे) लाई जन्मकैद माथि थप १० वर्ष कैद

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जन्मकैदको सजाय पाइसकेका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई थप १० वर्ष कैद सजाय भएको छ। जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले ...

सम्बन्धित सामग्री

३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’लाई थप १० वर्ष कैद र एक लाख जरीवाना

विराटनगर । ३३ किलो सुन तस्करी प्रकरणमा जन्मकैदको सजाय पाएका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङले थप  १० वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना तोकेको छ । गोरेलाई सनम शाक्यको अपहरण गरी शरीर बन्धक बनाएको मुद्दामा दोषी ठहर गर्दै अदालतले थप सजाय तोकेको हो । जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलाशले असोज १९ गते सुन तस्करी र शाक्य हत्यामा उप्रेतीसहित ६ जनालाई जन्मकैद, एकजनालाई तीन वर्ष र एकजनालाई ६ महीना कैद सजाय तोकेर सम्पर्कमा रहेका बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको थियो । त्यसबेला गोरेलाई सुन तस्करी र शाक्य हत्यामा मात्र अदालतले सजाय तोकेको थियो । जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीजंग राणाले भने असोज १९ गतेको इजलाशले गोरेलाई शाक्यको अपहरण र शरीर बन्धक बनाएकोमा दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको थिएन । राणाले भने सोमवार न्यायाधीश लम्सालकै इजलाशले अपहरण र शरीर बन्धकमा सजाय निर्धारण गर्दै गोरेलाई थप १० वर्ष कैद, १ लाख जरीवाना र मृतकका परिवारका नजिकका नातेदारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने पैmसला गरेको जानकारी दिए । घटनाका मुख्य गोरेउप्रेती सहित ७७ जनालाई प्रतिवादी वनाएर मोरङ प्रहरीले २०७५ वैशाख १९ गते आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो । असोज १९ गतेको इजलाशले मुद्दाका मुख्य आरोपी उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद, राजन कुमारलाई ३ वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजाय तोक्दै बाँकी ५६ जनालाई सफाइ दिँएको थियो । साथै सम्पर्कमा नआएका प्रतिवादीमध्ये २१ जनाको मुद्दालाई मुल्तवीमा राखेको थियो ।

३३ किलो सुन प्रकरणमा सबै प्रहरीले पाए सफाइ, गोरेलाई जन्मकैद

चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरी अधिकारीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा फैसला सुनाउँदै तस्करीका मुख्य नाइके मानिएका चूडामणि उप्रेती उर्फ गोरेसहित ६ जनालाई भने जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश भरत लम्सालको फैसलाअनुसार सो प्रकरणमा मुछिएका प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसीले सफाइ पाएका छन् । यस्तै सई बालकृष्ण सञ्जे