३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’लाई थप १० वर्ष कैद र एक लाख जरीवाना

विराटनगर । ३३ किलो सुन तस्करी प्रकरणमा जन्मकैदको सजाय पाएका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङले थप  १० वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना तोकेको छ । गोरेलाई सनम शाक्यको अपहरण गरी शरीर बन्धक बनाएको मुद्दामा दोषी ठहर गर्दै अदालतले थप सजाय तोकेको हो । जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलाशले असोज १९ गते सुन तस्करी र शाक्य हत्यामा उप्रेतीसहित ६ जनालाई जन्मकैद, एकजनालाई तीन वर्ष र एकजनालाई ६ महीना कैद सजाय तोकेर सम्पर्कमा रहेका बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको थियो । त्यसबेला गोरेलाई सुन तस्करी र शाक्य हत्यामा मात्र अदालतले सजाय तोकेको थियो । जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीजंग राणाले भने असोज १९ गतेको इजलाशले गोरेलाई शाक्यको अपहरण र शरीर बन्धक बनाएकोमा दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको थिएन । राणाले भने सोमवार न्यायाधीश लम्सालकै इजलाशले अपहरण र शरीर बन्धकमा सजाय निर्धारण गर्दै गोरेलाई थप १० वर्ष कैद, १ लाख जरीवाना र मृतकका परिवारका नजिकका नातेदारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने पैmसला गरेको जानकारी दिए । घटनाका मुख्य गोरेउप्रेती सहित ७७ जनालाई प्रतिवादी वनाएर मोरङ प्रहरीले २०७५ वैशाख १९ गते आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो । असोज १९ गतेको इजलाशले मुद्दाका मुख्य आरोपी उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद, राजन कुमारलाई ३ वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजाय तोक्दै बाँकी ५६ जनालाई सफाइ दिँएको थियो । साथै सम्पर्कमा नआएका प्रतिवादीमध्ये २१ जनाको मुद्दालाई मुल्तवीमा राखेको थियो ।  

सम्बन्धित सामग्री

साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका भाइ २ लाख धरौटीमा छुटे

साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ का भाइ रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो।  थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए । युएई बस्दै आएका रमेश मङ्गलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थि

अदालतको निष्कर्ष : ३३ किलो सुन ‘टाई टाई फिस’

चार वर्ष पहिलेदेखि अधिक चर्चामा आएको साढे ३३ किलो सुन तस्करी प्रकरण अन्ततः पुष्टि हुन हुन नसकेपछि ‘टाई टाई फिस’ भएको छ । सुन तस्करी पुष्टि नभएपछि मोरङ जिल्ला अदालतले ‘तस्करी’को आरोप लागेका सबैलाई सफाइ दिएको छ । चूडामणि उप्रेती ‘गोरे’ सहितका ८ जनाले भने सनम शाक्यको हत्यामा सजायँ पाएका छन्, सुन तस्करीमा होइन । यससँगै साढे ३३ किलो सुन तस्करी प्रकरणको पटाक्षेप भएको छ ।२०७४ चैत्र २० गते मन्त्रिपरिषद्को निर्णयबाट सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानविन समि

३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला

विराटनगर (अस) । ३३ किलो सुन तस्करी र तस्करीमा भरियाको काम गर्ने मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अभियोगमा जिल्ला अदालत मोरङले मंगलवार मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, एकलाई ३ वर्ष र एकलाई ६ महीनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको छ । अदालतले गोरेसहित, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय तोकेको स्रेस्तेदार टिकेन्द्र वीरजंग राणाले बताए । उनका अनुसार शाक्य हत्यामा संलग्न ठहरिएका राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ । मुद्दाको मुख्य प्रतिवादी उर्लाबारी मोरङका गोरे भनिने चूडामणि उप्रेतीसहित ७७ जना थिए । आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा उनीहरूविरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो । कुल प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलाशले मुद्दालाई मुल्तबीमा राखेको राणाले बताए । त्यसबाहेका बाँकी प्रतिवादीको कुनै पनि कसुर पुष्टि नभएकाले इजलासले सफाइ दिएको उनले जानकारी दिए । गोरेको हकमा अपहरण तथा शरीर बन्धक कसुर प्रमाणित भएकाले सजाय निर्धारणका लागि १ महीनाभित्र पुनः पेशी हुने सुनुवाइ इजलाशले गरेको छ । सफाइ पाउने प्रहरी अधिकारीमा पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् । त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् । गोरेको समूहले दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते साढे ३३ किलो सुन काठमाडौं ल्याएकोमा उक्त सुन गायब भएपछि त्यसको खोजी गर्ने क्रममा २०७४ फागुन १८ गते सनमको हत्या भएको थियो । सुन तस्करको भरिया रहेका सनमको हत्यामा गोरेको प्रत्यक्ष संलग्नता रहेको भिडियो पनि सार्वजनिक भएको थियो । हत्यापछि भारततर्फ सनको शव लैजाने प्रयास गरिरहेको अवस्थामा प्रहरीले विराटनगरबाट बा१२च ५९६३ नम्बरको गाडीमा शव बरामद गरेको थियो । त्यतिबेला गोरेका चालक एवं सहयोगीहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्की पक्राउ परेका थिए । उक्त  प्रकरणको अनुसन्धान गर्ने क्रममा प्रहरीले विभिन्न मितिमा ३८ क्विन्टल सुन तस्करी भएको तथ्य फेला पारेको थियो ।

साढे ३३ किलो सुन तस्करी प्रकरण : यी हुन् सफाइ पाउनेहरु

१९ असोज, विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ किलो सुन तस्करीको आरोप खेपिरहेका ४८ जनाले सफाइ पाएका छन् । ७७ जनालाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा ५६ जना पक्राउ परेका थिए । तीमध्ये ४८ जनाले सफाइ पाएका हुन् । हत्या अभियोगमा गोरेसहित ८ जना दोषी ठहर भएका छन् । ७७ मध्ये […]

साढे ३३ किलो सुन तस्करी- आठजना दोषी, मुछिएका सबै प्रहरीलाई सफाई

बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् भने आरोप लागेका प्रहरीसहित अन्य सबैले सफाइ पाएका छन् । त्यस्तै फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । जिल्ला अदालत, मोरङले मंगलबार सुन तस्करी र हत्यामा संलग्न आरोप लागेका ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका …

३३ किलो सुन तस्करी प्रकरण: थप छानबिन सिआइबीलाई दिन सिफारिस

काठमाडौं । चर्चित ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा गठित अनुसन्धान टोलीले त्यसको थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिनुपर्ने सुझाव दिएको छ। प्रधामन्त्री केपी शर्मा ...

सुन तस्करी प्रकरण : २८ जना पुर्पक्षका लागि जेल चलान, दुई जना भने छुटे

मोरङ, जेठ ८ – जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणका २८ जना अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ...

सुन तस्करीका मुख्य अभियुक्त ‘गोरे’ पक्राउ

काठमाडौं, जेठ ८ – ३३ किलो सुन तस्करी प्रकरण प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । उनलाई कहाँबाट पक्राउ गरिएको ह...

सुन तस्करी छानबिन समितिको म्याद थप्ने सरकारको निर्णय

आइतबार बसेको मन्त्रीपरिषदको बैठकले जारी ३३ किलो सुन तस्करी प्रकरण सम्बन्धी छानबिन गरिरहेको विशेष अनुसन्धान टोलीको म्याद ०७५ जेठ मसान्तसम्म थप गरेको छ। विगत ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी हुने गरेको तथ्य बाहिरिएसँगै गृह मन्त्रालयका सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा गृहले छानबिन समिति बनाएको थियो। चैत २० गते गठित समितिको म्याद जेठ ४ गते सकिएको थियो।…

'विमानको शौचालयमा लुकाएर ल्याइन्थ्यो सुन'

बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरण र त्यससँग जोडिएको भनिएको हत्याको अभियोगमा मुद्दा चलाइएका अभियुक्तहरूसँग बयान लिन थालिएको मोरङ जिल्ला अदालतले जनाएको छ।