बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेर पीडित भएका कैलालीको गोदावरी नगरपालिका–८ का किसान मनिराम चौधरी अहिले राहत रकम पाउँदा खुसी भएका छन् । भित्र्याउन लागिएको धानबालीमा गएको असोज–कात्तिक महिनामा परेको वर्षाले भिजेर क्षति व्यहोर्नु भएका उनले ढिलै भए पनि सरकारबाट रु तीन हजार ६०० राहत रकम पाउँदा राहतको अनुभव भएको बताए । चौधरीले भने ,‘‘राहत पाउन धेरै समय पर्खिनु परेपनि अहिले पाउँदा खुसी छु ।’’अर्का किसान सुविराम चौधरीले राहत रकम पाउन पीडित किसानको बैंकमा खात