धानबालीमा क्षति पुगेका किसानका लागि एक अर्ब रुपैयाँ निकासा

काठमाण्डाै - सरकारले बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब रुपैयाँ निकासा गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भइ आएका जिल्लामा मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । मापदण्ड-२०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया अनुसार राहत रकम उपलब्ध गराउन लागिएको हो । गएको कार्तिक पहिलो हप्ता बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेको थियो । अर्थ मन्त्रालयबाट निकासा रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमा ल्याइ&...

सम्बन्धित सामग्री

बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका किसानलाई राहत दिन एक अर्ब निकासा

९ फागुन, काठमाडौं । गत असाेज अन्तिम र कात्तिक पहिलाे साता आएकाे वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिन अर्थ मन्त्रालयले एक अर्ब रूपैयाँ निकासा गरेकाे छ । गृहमन्त्रालयले किसानकाे खातामा उपलब्ध गराउनेगरी उक्त रकम निकासा भएको मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कृषि विकास सचिव गाेविन्द शर्माले जानकारी दिए । केही दिन अघि निकासा […]

वर्षाले क्षति बेहोरेका किसानले अझै पाएनन् राहत

बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानले अझै राहत पाउन सकेका छैनन् । किसानको तथ्यांक अद्यावधिक गर्न बाँकी भएको भन्दै राहत वितरणमा ढिलाइ भएको हो ।गत असोज ३१ र कात्तिक सुरुमा परेको बेमौसमी वर्षाले मुलुकभर एक लाख ११ हजार ६ सय ९ हेक्टर धानबालीमा क्षति पु-याएको थियो । उक्त क्षेत्रफलबाट करिब ११ अर्ब ८७ करोड ५१ […]

साढे १३ अर्बको धान उत्पादन घट्यो

भित्र्याउने बेला वर्षा धानबालीमा क्षति पुर्‍याएपछि यो वर्ष पोहोरको तुलनामा करिब साढे १३ अर्ब रूपैयाँ कमको धान उत्पादन भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान उत्पादन पोहोरको तुलनामा चार लाख ९१ हजार ८५ टनले घटेको छ।...

किसानले अझै पाएनन् धानको क्षतिपूर्ति

काठमाडौं, पुस ६ । भित्र्याउने बेला भएको बेमौसमी वर्षा र बाढीले धानबालीमा क्षति बेहोरेका किसानले अहिलेसम्म राहत पाउन सकेका छैनन्। पाकेको धान नष्ट भएको करिब दुई महिना पुग्दा पनि क्षतिपूर्ति बापतको रकम नपाएको किसानले गुनासो गरेका छन्। गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा गठित क्षति मूल्यांकन समितिले बाढी,पहिरो र डुबानले ११ अर्ब ८७ करोड रूपैयाँको धानबाली नोक्सान […]

किसानलाई पाँच अर्ब क्षतिपूर्ति दिने तयारी

काठमाडौं, कार्तिक २६ । वर्षा र बाढीबाट धानबालीमा नोक्सानी बेहोरेका किसानलाई सरकारले पाँच अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ। कात्तिक पहिलो साताको बेमौसमी वर्षा र बाढीबाट धानबालीमा क्षति बेहोरेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्न लागिएको हो। किसानलाई क्षतिपूर्ति वितरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै मन्त्रालय राहत वितरणको […]

२१ मध्ये १७ सांसद नआएपछि बैठक नै बसेन, ५० मिनेट कुरेर फर्किए कृषिमन्त्री

काठमाडौं । कात्तिक पहिलो साता आएको वर्षा र बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसान मर्माहत अवस्थामा छन् । तीन दिनको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड मूल्यबराबरको बालीमा क्षति पुगेको सरकारकै तथ्यांक छ । तर, किसान र कृषिका मुद्दामा सरोकार राख्ने र सरकारलाई निर्देशन दिने जिम्मेवारी पाएको संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमै रहेका सांसद […]

पीडित किसानलाई ५ अर्ब रुपैयाँ राहत दिने सरकारको निर्णय

बाढीबाट धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । १० कट्ठासम्म जमिन भएका साना किसानलाई उत्पादन लागतको हिसाबमा राहत दिने सरकारले निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साना किसानलाई प्रतिकठ्ठा एकहजार ९२१ रुपैयाँ र प्रतिविघा ३८ हजार ४२० रुपियाँ राहत दिने निर्णय भएको छ ।११ कठ्ठादेखि ४० कठ्ठासम्म भएका मझौला किसानलाई उत्पादन लागतको हिसाबले ३० प्रतिशत राहतको व्यवस्था गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ

८ अर्ब २६ करोड ८० लाख मूल्यको धानबालीमा क्षति

काठमाडौं । गत सात आएको बेमौसमी अविरल वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको भिœयाउँदै गरेको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धानमा क्षति भएको […] The post ८ अर्ब २६ करोड ८० लाख मूल्यको धानबालीमा क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बेमौसमी वर्षाका कारण धानबालीमा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति

बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानका कारण देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान पुगेको रिपोर्ट सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण कुल १ लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लागाइएको धानबालीमा क्षति पुगेको र सोबाट ७ अर्ब २२ करोड रुपैयाँ बराबरको नोक्सान भएको जनाइएको हो ।मन्त्रालयका अनुसार अविरल वर्षाका कारण मुख्य गरी तीन प्रदेश प्रभावित हुन पुगेको छ

६ अर्ब मूल्य बराबरको धानबालीमा क्षति

बेमौसमी अविरल वर्षाका कारण किसानले घर भित्र्याउँदै गरेको ६ अर्ब रुपैयाँ बराबरको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार विभिन्न तीनवटा प्रदेशमा करिब ६ अर्ब मूल्य बराबरको धानबालीमा पुगेको हो । बेमौसमी अविरल वर्षाका कारण लम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र १ नम्बर प्रदेशको धानबालीमा क्षति पुगेको खबर राजधानी दैनिकमा छापिएको छ ।