बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका किसानलाई केही दिनभित्रै राहत वितरण गरिने

काठमाण्डाै - कात्तिकको बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका किसानलाई केही दिनभित्रै राहत वितरण गर्ने सरकारले जनाएको छ । राहतको विषयमा यसअघि नै निर्णय भइसके पनि प्रक्रिया लामो भएका कारण वितरण गर्न ढिलाइ भएको हो । अब सबै प्रक्रिया पूरा गरेर रकम निकासा गर्न मात्रै बाँकी रहेको क्षति मूल्याङ्कन छानबिन समितिमा रहनुभएका गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । रकम किसानको बैंक खातामा पठाउने तयारी छ । बैंक खाता नभएका किसानलाई आफ्नो पालिकामा गरेर छिटो खाता खोल्न उहाँको आग्रह छ । धानबालीमा क्षत...