पूर्व सचिव भीम उपाध्यायले साइबर अपराध मुद्दामा सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई आइतबार सफाइ दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा लेखेको आरोपमा गत वैशाख १५ गते दायर साइबर अपराध मुद्दामा अदालतले उनलाई सफाइ दिएको हो ।
उनले आफ्नो पक्षमा बहस गरेर न्याय दिलाउन अथक प्रयास गर्ने कानुन व्यवसायीहरू स् वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, चूडामणि पौडेल, रमण श्रेष्ठ, गोविन्द बन्दीप्रति आभार ...