स्वालम्बन लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ९ प्रस्ताव

स्वालम्बन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha  वित्तीय सँस्थाले बार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले पुष १५ गते गिरीधारा स्थित एलिस रिसेप्सनमा आफ्नो २० औं बार्षिक साधारणसभा डाकेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । स्वालम्बनको असोज २१ गतेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशतले हुन आउने ५ करोड ६५ लाख ८० हजार बराबरको नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको उक्त लाभांश प्रस्ताव अब कम्पनीको आगामी २० औं साधारणसभाले पारित गरेपछि मात्र सेयरधनिहरुमा बितरण हुने छ। हाल कम्पनीको चुक्ता पुंजी ९४ करोड ३०  लाख रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ६ गतेदेखि सभा नहुँदासम्मको लागि बुक क्लोज मिति तय गरेको छ । पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: क) सामान्य प्रस्तावः १. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्ने ।३. आ.व. २०७७/७८ सम्मको मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम चुक्ता पूँजीको ६ % ले हुन आउने रकम रु.५,६५,८०,०००/- नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर सहित) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुलाई वितरण गर्न स्वीकृत गर्ने । ४. स्वतन्त्र संचालक पदमा संचालक समितिबाट गरिएको नियुक्तिको जानकारी। ख) विशेष प्रस्तावः १. हाल कायम अधिकृत पूँजी रु. १,००,००,००,०००/- बाट बृद्धि गरी रु १,१५,००,००,०००/- पुयाउने । २. नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम आ.व. २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पूँजीको १९ % ले हुने रकम रु. १७,९१,७०,००० /- बराबर बोनस शेयरलाई शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुले पाउने गरी जारी गर्ने । ३. हालको जारी तथा चुक्ता पूँजी रु.९४,३०,००,०००/- मा उपरोक्त बमोजिमको बोनस शेयर जारी गरी जारी तथा चुक्ता पूँजी रु. १,१२,२१,७०,०००/- कायम गर्ने । ४. प्रबन्धपत्रको दफा ४(द), ५(क) ५(ख), ५(ग) संशोधन गर्ने । ५. प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

सम्बन्धित सामग्री

मनी लाउन्डरिङ विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश

२५ असोज, काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले विधेयकको प्रतिवेदन सभामा पेश गरेकी हुन् । २७ माघ २०७९ मा दर्ता भएको यो विधेयक दफावार छलफलमा […]

लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था सम्बन्धी अध्यादेश पेश

१७ फागुन, बुटवल । लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश पेश भएको छ । सभाको छैठौं बैठकमा स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश सभामा पेश गरेका हुन् । बैठकमा मुख्यमन्त्री लिला गिरीकोतर्फबाट स्वास्थ्य मन्त्री पन्थीले नै मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका […]

ओली सरकारकै पालाको अध्यादेशसँग मिल्दोजुल्दो विधेयक राष्ट्रिय सभामा पेश

२६ असार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले तीन पटकसम्म संघीय संसदमा पेश गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशको व्यवस्थासँग मिल्दोजुल्दो हुने गरी अहिलेको सरकारले त्यससम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य. अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा […]

राष्ट्रिय सभामा आठ वटा प्रतिवेदन पेश

काठमाडौँ – विधायन व्यवस्थापन समितिले आठ वटा विधेयकका प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको छ। विधायन व्यवस्थापन समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपी अधिकार पहिलो संशोधन विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी […]

राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेश

काठमाडौँ– राष्ट्रिय सभामा “यौन अपराध विरुद्ध उजुरी हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धमा” संकल्प प्रस्ताव पेश भएको छ । सांसद कमला पन्तले पेश गरेको सो संकल्प प्रस्तावमा सांसदहरू विमला राई पौड्याल, विमला घिमिरे, गङ्गाकुमारी बेल्वासे, प्रमिलाकुमारी, मदनकुमारी शाह, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखर कुमार सिंहले समर्थन गरेका थिए ।  प्रस्तावपछि छलफलमा भाग लिँदै सांसद सुरेश […]

आजको प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेश हुँदै

काठमाडौं, जेठ १४ । आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण आजको प्रतिनिधि सभामा पेश हुँदैछ । बैठकमा शुक्रवारका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण पेश हुन नपाएको थिएन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । […]

एमालेको विरोधका बीच प्रतिनिधि सभामा पेश भयो संशोधित बजेट

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्नेगरी प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक- २०७८ प्रतिनिधि सभामा पेश गरेका हुन् । यसअघि शुक्रवार नै बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको थियो । अध्यादेश स्वीकृत भएसँगै त्यसलाई प्रतिस्थापन गर्न अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक संसद्मा पेश गरेका हुन् । अर्थमन्त्रीले विधेयक पेश गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले ...

कृषि अनुदान व्यवस्थित गर्न प्रदेश सभामा विधेयक पेश

कृषिमा दिइने अनुदान व्यवस्थित गर्ने उद्देश्यले प्रदेश १ को प्रदेश सभामा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ पेश गरिएको छ।...

प्रदेश १ को प्रदेश सभामा आज अविश्वासको प्रस्ताव पेश हुने

आइतबार बस्ने प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश हुने भएको छ।प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार आज मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुनेछ।