ओली सरकारकै पालाको अध्यादेशसँग मिल्दोजुल्दो विधेयक राष्ट्रिय सभामा पेश

२६ असार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले तीन पटकसम्म संघीय संसदमा पेश गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशको व्यवस्थासँग मिल्दोजुल्दो हुने गरी अहिलेको सरकारले त्यससम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य. अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुँदै

काठमाडौं : प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रिय सभा बैठकमा पेश हुँदैछ।विधेयक दिउँसो १ बजे बस्ने बैठकमा पेश हुन लागेको सचिव राजेन्द्र फुयाँलले जानकारी दिए। विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा र प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने सम्भावित कार्यसूची छ।संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अन्य विभिन्न विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ।पहिलोप

रेल्वे विधेयक, २०७९ राष्ट्रिय सभामा पेश

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ पेश भएको छ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेश गर्नुभएको हो । बैठकमा मन्त्री यादवले सो विधेयक संसद्बाट पारित भएपछि देशको आर्थिक समुन्नतिमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले रेल्वे सेवा सञ्चालनले आम नागरिकलाई सरल र सुविधायुक्त यातायातको सुविधा उपलब्ध हुने […]

राष्ट्रिय सभामा आठ वटा प्रतिवेदन पेश

काठमाडौँ – विधायन व्यवस्थापन समितिले आठ वटा विधेयकका प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको छ। विधायन व्यवस्थापन समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपी अधिकार पहिलो संशोधन विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी […]

एमालेको अवरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ ।  शुक्रबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पेश गरेका हुन् । तर, एमालेका सांसदहरुले भने उठेर त्यसको विरोध गरिरहेका थिए । यसैबीच, सो विधेयकका विभिन्न शीर्षकमाथिको छलफल यही असार ६, ७ र ८ गते छलफल हुने मिति तोकिएको छ ।बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही असार ९ र १० गते मन्त्रीहरुले जवाफ दिने ६, ७ र ८ गते त्यस विषयमा

एमालेको विरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश

काठमाडौँ । विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् । एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । करिब आधा घण्टा पश्चात् सुरु भएको दोस्रो बैठकमा मन्त्री शर्माले विनियोजन विधेयक संसदमा पेश गर्ने क्रममा एमाले सांसदहरुले विरोध […]

एमालेको विरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

३ असार, काठमाडौं । विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् । एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । करिब आधा घण्टा पश्चात् सुरु भएको दोस्रो बैठकमा मन्त्री शर्माले विनियोजन विधेयक संसदमा पेश गर्ने क्रममा एमाले […]

राष्ट्रिय सभामा तथ्यांक विधेयक २०७६ सम्बन्धी प्रतिवेदन पेश

राष्ट्रिय सभामा ‘तथ्यांक विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले सभासमक्ष प्रतिवेदन पेश गरेका हुन् । यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी पत्रको व्यहोरा राष्ट्रियसभा समक्ष पढेर सुनाएका थिए । राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्व सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पूर्व सांसद तामाङको निधनप्...

राष्ट्रिय सभामा प्राकृतिक स्रोत आयोग र  योगमाया विवि विधेयक प्रतिवेदन पेश

राष्ट्रिय सभामा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रोे वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रतिवेदन पेश गरेका हुन् ।   विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङका तर्फबाट सदस्य देवेन्द्र दाहालले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पनि सभासमक्ष पेश गरे । राष्ट्रिय सभाको अर्को बैठक असार २९ अपराह्न ३ बजे बस्नेछ ।

राष्ट्रिय सभामा लोकसेवा आयोगको वार्षिक प्रतिवदेन पेश

राष्ट्रिय सभाको आजको बैठकमा ‘लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन सभामा पेश गरे । यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरे । राष्ट्रिय सभाको अर्को बैठक असार २७ गते आइतबार अपर...