इमरान खानले अमेरिकामाथि आफ्नो सरकारविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए । अब अमेरिकाले इमरान खानको यो आरोपको जवाफ दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिकाले पाकिस्तानको संवैधानिक र लोकतान्त्रिक सिद्धान्तलाई समर्थन गर्ने बताएका छन् । 'हामीले गत हप्ता भनेझैँ, हामी पाकिस्तानमा संवैधानिक र शान्तिपूर्ण लोकतान्त्रिक सिद्धान्तहरूलाई समर्थन गर्छौं,' नेड प्राइसले सोमबार पत्रकार सम्मेलनमा भने।“हामी एउटा राजनीतिक दललाई अर्को राजनीतिक दलको विरुद्धमा समर्थन ग