विश्वका शाक्ति देशसँग रोकिएको आणविक सम्झौता वार्तालाई पुनर्जीवन दिन इरानले लिखित जवाफ दिएको छ । रोकिएको वार्ता पुनः थाल्न तेहरानले लिखित जवाफ युरोपेली सङ्घसमक्ष प्रस्तुत गरेको हो ।
वार्ताका लागि सङ्घले मध्यस्थता गरेकाले इरानले लिखित जवाफ दिएको हो । जवाफका अन्तर्वस्तु बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन । इरानको समाचार समिति इर्नाका अनुसार इरानले पेश गरेका जवाफमा सङ्घको मध्यस्थतालाई स्वीकार गरिएको छैन । इरानले तीनवटा विषयमा केन्द्रित भएर जवाफ दिएको र त्यसमा अमेरिकाले मौखिकरूपमा व्यक्त गरेको सम्झौता निरन्तरताको प्रत्या...