दाङ – देउखुरीको राप्ती गाउँपालिकाकाले जलीय जैविक विविधता संरक्षणका लागि दोलाइ खोला समुदायलाई हस्तान्तरण गरेको छ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको आयोजनामा दोलाइ खोलामा जैविक विविधता संरक्षणका लागि स्थानीय समुदायसँग परामर्श गरी जलीय जैविक विविधता संरक्षण गर्दै आएको बैखा संरक्षण समूहलाई नदी हस्तान्तरण गरिएको हो ।
बैखा संरक्षण समूहलाई राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सचिव कुमार राज श्र...