सामान्य रूपमा भन्नुपर्दा पृथ्वीमा प्राप्त हुने सजीव प्राणी, वनस्पति, जीव–जीवात्मा र तिनीहरूमा प्राप्त हुने विविधता अर्थात् पृथक् प्रवृत्ति वा गुणलाई जैविक विविधता भन्न सकिन्छ । पृथ्वीमा उपलब्ध जीव, वनस्पति अथवा जलचर र स्थलचरसहित निर्जीव तŒवबीचको अन्तरसम्बन्धले नै पृथ्वीको प्राकृतिक वातावरण सन्तुलित बनाइरहेको छ, जसका कारण पृथ्वीमा मानिसलगायत सम्पूर्ण प्राणीहरूको अस्तित्व कायम रहन सकेको छ । […]