जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ का अध्यक्षमा जितेन्द्र सोनललाई मनोनयन गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले शनिबार प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका सोनललाई अध्यक्षमा चयन गरेका हुन्। लोसपा नेपालको अन्तरिम विधानअनुसार प्रदेश अध्यक्षको जिम्मेवारी उनलाई दिइएको हो। त्यस्तै, प्रदेश २ का सचिवमा नेता रामविनोद चौधरी (पप्पु)लाई जिम्मेवारी दिइएको छ।