आज जेठ १५ गते सरकारले प्रस्तुत गर्ने बजेटमा कृषि क्षेत्रका लागि करिब २५ अर्ब २४ करोडको बजेट प्रस्तुत हुँदैछ । कृषि क्षेत्रका आगामी वर्ष सञ्चालनमा आउने कार्यक्रम केही नयाँ तर धेरै पुराना परियोजनालाई निरन्तरता दिइने भएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले विभिन्न १९ बुँदामा आगामी वर्षको कृषि कार्यक्रम प्रस्ताव गरेको छ ।