नेपाल दूरसञ्चार प्राधिकरणले थप १० जिल्लामा निःशुल्क रूपमा इन्टरनेट पुर्याएको छ ।
प्राधिकरणले सोमवार एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोड ब्याण्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो ।
उक्त जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था/केन्द्र र अस्पतालहरूमा निःशुल्क इन्टरनेट पुर्याइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
उनका अनुसार उक्त परियोजना अन्तर्गत गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत, स्याङ्जा...