स्याङ्जा : कोरोना महामारीका कारण अधिकांश विद्यालयले बैैकल्पिक शिक्षण विधि अवलम्बन गरेका छन्। यो विधि शहरी क्षेत्रमा प्रभावकारी भए पनि ग्रामीण क्षेत्रका विद्यार्थी भने लाभान्वित हुन सकेका छैनन्। यही समस्यालाई मध्यनजर गर्दै वालिङ नगरपालिकाको वडा नम्बर १३ वडा कार्यालयले विद्यार्थी भएका घरघरमा निःशुल्क इन्टरनेट जडान गर्ने अभियान थालेको छ। यहाँको पाँच सामुदायिक, दुई निजी विद्यालय र एक आङ्गिक शिक्षालयमा अध्यायन गर्ने एक हजारभन्दा बढी विद्यार्थीको घरमा घरमा निःशुल्क इन्टरनेट जडान गरिने वडा अध्यक्ष