कोभिड–१९ संक्रमणको उपचारका क्रममा अस्पतालले शैया लुकाएमा कारवाही गर्ने चेतावनी सरकारले दिएको छ ।
सबै अस्पतालले आफूकहाँ उपलब्ध शय्याको दैनिक विवरण स्वास्थ्य मन्त्रालयलाई पठाउनुपर्ने भएको छ ।
सोमवार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्पतालले विवरण पूरा नपठाई शय्या लुकाएमा कारवाही गर्ने चेतावनी दिए ।
‘सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शय्या र तीमध्ये प्रयोग भएका वा नभएका शय्याको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्नेछ...