प्रदेश नम्बर २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेश सिंहलाई कारवाहीको माग गरेका छन् । मन्त्री सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई अमरेश सिंहलाई कारवाही नगरेमा आफूहरुले सामुहिक राजीनामा दिने चेतावनी दिएका हुन् । सामूहिकरुपमा राजीनामा दिनेमा मन्त्री सिंह, प्रदेशसभा सदस्यसहित एक दर्जन काँग्रेसका नेताहरु छन् ।मन्त्री वीरेन्द्र सिंहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै सर्लाही निर्वाचन क्षेत्