धेरैलाई याद नहुन सक्छ, नेपालमा फुड डेलिभरी कम्पनीका रूपमा ‘फुडमान्डु’ सुरु हुँदा भारतमा अहिले चल्तीमा रहेका जोम्याटो, स्विगी, फुडपान्डाजस्ता कम्पनी पनि भर्खर सुरु हुँदै वा सुरु हुने तयारीमा थिए । अहिले स्विगी र जोम्याटो भारतका सबैभन्दा चलेका खाद्य–प्रविधि (फुड–टेक) कम्पनी हुन् भने भारतको फुड डेलिभरी बजारको आकार करिब ६६ हजार करोड भारु पुगेको छ । जोम्याटोको बजार हिस्सा ५६–५७ प्रतिशत र स्विगीको करिब ४५ प्रतिशत छ ।