पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको भीड (फोटोफिचर)

शुक्रबार बिहान राजधानीको पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको भीड लागेको छ ।  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी मनाउने गरिन्छ । ।त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेक

सम्बन्धित सामग्री

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

दमौली– बाला चतुर्दशीको अवसरमा तनहुँको प्रसिद्ध देवघाटधाममा शतबीज छर्न भक्तजनको घुइँचो लागेको छ । मङ्सिर कृष्णचतुर्दशीका दिन देवघाटमा आज शतबीज छर्न भक्तजनको घुइँचो लागेको हो । शतबीज छर्न आइतबारदेखि नै देवघाटधामा भक्तजनको भीड लागेको गाउँपालिकाका प्रवक्ता एवं देवघाट-५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए ।  उनले भने, ‘आज  शतबीज छर्नका लागि हिजोेदेखि नै हजारौँ सङ्ख्यामा […]

शतबीज छर्न पशुपतिमा बास बसेका भक्तजन (तस्वीरहरु)

२४ मंसिर, काठमाडौं । बालाचतुर्दशी पर्वमा मृतकहरूका आफन्त र भक्तजन शतबीज छर्न पशुपतिमा आइपुगेका छन् । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा आज रातिदेखि हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण व्‍यवस्था मिलाइसकेको छ । कोषका प्रवक्ता  रेवतीरमण अधिकारीका अनुसार बालाचतुर्दशीको अवसरमा दीप प्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाए। उनले अनलाइनखबरसँग भने, ‘आज रातिदेखि […]

जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह

काठमाडौँ– पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले राससलाई जानकारी दिए। उनका अनुसार कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न […]

बाला चतुर्दशी : पाशुपत क्षेत्रमा शतबीज छर्नेको भिड (फोटो)

काठमाडौं : आज मार्ग कृष्ण पक्षको चतुर्दशी। पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइएको छ।आज बिहानै पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरिएको छ। शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरिएको थियो।यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ। श्रद्धालुहरु त्रयोदशीको दिन राती पितृका नाममा दीप बाली जाग्राम बसेका थिए। अघिल्लो दिन

पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने

विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ।...

पशुपतिको बजेट पारित, मृगस्थलीमा शतबीज मार्ग बनाइने

काठमाडौं : पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आव ०७९/८० को लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम्  पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले ९६ करोड ८४ लाख ४७ हजार बजेट प्रस्तुत गरेका थिए। बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ। पशुपति क्षेत्रमा बाला चतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ। शतब

गलेश्वरमा शतबीज छर्ने र दीपदान गर्नेको चहलपहल

म्याग्दी : पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको म्याग्दीको प्रशिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेहरुको भिड लागेको छ।सदरमुकाम बेनीबजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर धाममा रातिदेखि नै टाढाटाढाका भक्तजनहरु आएका थिए। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ।कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, का

देवघाटमा शतबीज छर्नेको भीड

चितवन: बालाचर्तुदशी पर्वका अवसरमा देवघाटधाममा शतबीज छर्ने भक्तजनको भीड रहेको छ। कोरोना त्रासका कारण अघिल्ला दुई वर्ष न्यून सङ्ख्यामा मानिस आएको भए पनि यस वर्ष ठूलो भीड लागेको हो। देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार बिहीबार दिउँसोबाट देवघाटमा भक्तजन आउन थालेका हुन्। रातभर दियो बालेर जाग्राम बसी…

पितृका नाममा शतबीज (फोटो फिचर)

काठमाडौं : आज मार्ग कृष्ण पक्षको चतुर्दशी आज बिहानै मृतकका आफन्तले पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा धानका शतबीज छरेका छन्।शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरेका थिए। यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ।हेर्नुहोस फोटो