काठमाडौं : मंसिर कृष्ण चतुर्दशीका अवसरमा पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ। पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ।
बालाचर्तुदशीको अघिल्लो रात मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ। बिहीवार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी…