शतबीज छर्न पशुपतिमा बास बसेका भक्तजन (तस्वीरहरु)

२४ मंसिर, काठमाडौं । बालाचतुर्दशी पर्वमा मृतकहरूका आफन्त र भक्तजन शतबीज छर्न पशुपतिमा आइपुगेका छन् । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा आज रातिदेखि हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण व्‍यवस्था मिलाइसकेको छ । कोषका प्रवक्ता  रेवतीरमण अधिकारीका अनुसार बालाचतुर्दशीको अवसरमा दीप प्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाए। उनले अनलाइनखबरसँग भने, ‘आज रातिदेखि […]

सम्बन्धित सामग्री

पशुपतिमा शतबीज छर्नेको भिड (फोटोफिचर)

काठमाडौँ - प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आइतबार राति मनाइएको छ ।  पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गर्छन् । यसवर्ष पशुपतिनाथमा...

पशुपतिमा शतबीज छर्नेको भीड

बालाचतुर्दशी पर्वमा मृतकहरूका आफन्त र भक्तजन पशुपतिमा शतबीज छर्न आइपुग्नुभएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि हुने बाला चतुर्दशी पर्वका लागि सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको थियो ।

पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको भीड (फोटोफिचर)

शुक्रबार बिहान राजधानीको पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको भीड लागेको छ ।  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी मनाउने गरिन्छ । ।त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेक

पशुपतिमा बालाचतुर्दशी (फोटोफिचर)

दिवङ्गत पितृका नाममा दीपदान र शतबीज छर्न भक्तजन पशुपतिलगायत शिवमन्दिरमा पुगेका छन् । रातभरी जाग्राम बसी, दिप प्रज्वलन गरेर भोलि बिहान स्नान गरेपछि शतबिज छर्ने चलन छ । पशुपतिनाथ मन्दिरलगायत...

यस्तो देखियो पशुपतिमा बालाचतुर्दशी ( फोटो फिचर)

प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्वका अबसरमा कोरोनाको संक्रमणका समयमा समेत पशुपति क्षेत्रमा भक्तजनकाे भीड लागेकाे छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउछन् । आज दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्वमनाइन्छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउछन् ।

बालाचतुर्दशी पर्व मनाइँदै, पशुपतिमा मेला नलाग्ने

काठमाण्डाै - हरेक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरेर मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि सुरु हुँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिन...