पूर्वी पहाडी जिल्ला भोजपुरमा संघीय निर्वाचन क्षेत्र एउटा छ । उक्त निर्वाचन क्षेत्रमा चुनाव लड्न चार जना आकांक्षी छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा एमालेका पोलिटब्यूरो सदस्य शेरधन राई, वर्तमान मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्रकुमार राई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराँती, माओवादीका केन्द्रीय सदस्य अजम्बर राई काङमाङ सो क्षेत्रबाट उम्मेदवारको दौडमा छन् ।यस्तै नेपाली काँग्रेसका यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेका