काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १६औं वार्षिकोत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछ । महिला सशक्तीकरणको प्रयास स्वरुप संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा बैंकले यो अभियान सञ्चालन गर्दैछ । प्रत्यके प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने बैंकले जनाएको छ । शिविरमा स्त्रीरोग विज्ञहरुले महिलाहरुको पाठेघरको […]