नेकपा (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सोमबार अपरान्ह निर्वाचन आयोगमा पुगेर समानुपातिक तर्फको उम्मेदवारहरुको नामावली बुझाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनले संविधान र कानुनको परिधिभित्र रहेर आफ्नो पार्टीले प्रदेशसभाका २२० सिट र प्रतिनिधिसभाको ११० सिटका लागि उम्मेदवारहरुको सूची निर्वाचन आयोगमा बुझाएको बताए । यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टी,