अन्डरग्राउन्ड पार्किङ तिहारसम्म नहटाए महानगरले आफैँ हटाउने

कास्की। पोखरा महानगरपालिकाले व्यवसायी प्रायोजनका लागि प्रयोग गरिएको अन्डरग्राउन्ड पार्किङ तिहारभित्र नहटाए आफैँ हटाउने भएको छ । महानगरले पटक पटक गरि अन्डरग्राउन्डबाट व्यवसायी हटाउन पत्रचार गरेको ४५ दिन पुगेपछि तिहारभित्र हटाउन अन्तिम चेतावनी दिएको छ । शुक्रबार पोखरा महानगरपालिकाको प्राविधिक सहितको टोलीले सूचना अनुसार काम भयो की भएन भनी निरिक्षण गर्दै व्यवसायी तथा घर धनीलाई […]

सम्बन्धित सामग्री

निर्माणाधीन धरहराको अन्डरग्राउन्ड पार्किङ खुला, शुल्क तिर्न नपर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले दशैं, तिहार लगायतका ठूला चाडपर्वलाई लक्षित गरेर धरहराको अन्डरग्राउन्ड (भूमिगत) पार्किङ खुला गरेको छ । महानगरपालिकाले स्थानीय संकटा क्लब तथा अन्य क्लबहरूको व्यवस्थापनमा अस्थायीरूपमा धरहराको बेसमेन्टमा रहेको पार्किङ खुला गराएको हो । अस्थायीरूपमा चाडपर्वको लागि ५० हजार स्क्वायर फिटको क्षेत्रमा पार्किङ खुला गराइएको हो । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको बेसमेन्ट वा अन्डरग्राउन्डमा तीन तला पार्किङका लागि बनाइएको छ । हालको अवस्थामा चार सय ओटा गाडी र ७ सय ओटा मोटरसाइकल यहाँ अट्ने अनुमान छ । दशैंको समयमा सुन्धारा, भोटेबहाल, न्युरोड, असन लगायतका क्षेत्रमा किनमेलमा जानेहरूले पार्किङको समस्या भएको गुनासो गरेपछि महानगरले गत आइतवारबाट धरहराको भूमिगत पार्किङ निःशुल्क रूपमा खुला गरेको हो । अहिलेलाई अस्थायीरूपमा पार्किङ खुलाएको र निर्माण सम्पन्न भएपछि थप निर्णय हुने महानगरपालिकाले जनाएको छ । तस्वीर: सुनिल शर्मा/आर्थिक अभियान

खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने महानगरको तयारी

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने तयारी गरेको छ । झाडी र फोहोरले अस्तव्यस्त बनेको खुलामञ्च सम्याएर महानगरले अहिले सफा गरेको छ । बेसमेन्ट निर्माण गरेर पार्किङ गराउने आन्तरिक तयारीका साथ खुलामञ्चमा सफा गरिएको महानगरका मेयर बालेन्द्र साह (बालेन) का पूर्वाधार सल्लाहकार सुनिल लम्सालले जानकारी दिए । लम्साल भन्छन्, ‘अहिले […]

अन्डरग्राउन्ड पार्किङको अनुमगन गर्दै पोखरा महानगर, अटेर गर्नेलाई अल्टिमेटम

पोखरा महानगरले अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न सूचना जारी गरेको शुक्रबार ४५ औँ दिन पुगेको छ । महानगरले जारी गरको अल्टिमेटम १० दिन बढी हुँदा पनि पालना नभएपछि शुक्रबार नगरप्रहरी, कर्मचारी र इन्जिनियरसहितको टोलीले मुख्य चोकमा अनुगमन थालिएको हो । टोलीले पार्किङ अनुमति लिएर नियमविपरीत व्यवसाय गर्नेहरुलाई अल्टिमेटमसहित कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका नगरप्रहरी प्रमुख तथा प्रहरी नायव निरीक्षक पुरुषोत्तम थापाले यसबीचमा दसैँ भएकाले व्यवसायीलाई दुःख नदिएको तर, अब पनि अटेर गर्नेलाई कानुनी द

टुकुचा खोज्दै हात्तीसार पुग्यो महानगर, अन्डरग्राउन्डमा उत्खनन्

काठमाडौं : काठमाडौं महानगरपालिकाले टुकुचा खोला खुलाउने अभियानलाई तीब्रता दिएको छ। जय नेपाल हलको कम्पाउन्डमा सुरुङ मार्ग हुँदै बगिरहेको टुकुचा खोला फेला पारेको महानगरले अरु क्षेत्रमा पनि उत्खनन् गर्न सुरु गरेको हो। हात्तीसारमा रहेको लक्ष्मी बैंकको अन्डरग्राउन्ड पार्किङ उत्खनन् गर्न महानगरले डोजर चलाएको हो। अन्डरग्राउन्ड मुनी खोला बगिरहेको अनुमानमा महानगरले…

अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न पोखरा महानगरको आग्रह

पोखरा । पोखरा महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न आग्रह गरेको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा रहेका अन्डरग्राउन्ड पार्किङहरूलाई पार्किङ कै रूपमा प्रयोग गर्न आग्रह गरेका हुन्। महानगरपालिकाबाट राजश्व छुट लिएर पार्किङ प्रयोजनका लागि निर्माण गरिएका बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको भए महानगरले तोकेको समयावधि भित्र हटाउन समेत भनिएको प्रमुख आचार्यले स्पष्ट पारे। उनले भने, […]

महानगरले खाली गरायो राहदानी विभागको अन्डरग्राउन्ड पार्किङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउन्ड पार्किङ खाली गराएको छ । ट्राफिक व्यवस्थापनका लागि अन्डरग्राउन्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतीक्षालयका रूपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरू हटाएको छ ।

‘अन्डरग्राउन्ड पार्किङ’ पसल हटाउन थाल्यो महानगरले

३५ दिने सूचना जारी गर्दा पनि अटेर गरेपछि महानगरले खोजी–खोजी भत्काउन सुरु गरेको मेयर बालेन्द्र साहको भनाइ काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङलाई व्यापारिक प्रयोजनमा प्रयोग गरिएका स्थान खाली गर्न थालेको छ । सवारीसाधन...

अन्डरग्राउन्ड पार्किङ भाडामा लगाउनेकाे भवन भत्काएरै बालेनले दिए चेतावनी

काठमाडौं महानगरले ३६ दिन अघि नै बानेश्वर कम्प्लेक्सका अन्डरग्राउन्ड खाली गराउन छुट्टै निर्देशन दिएको थियो । तर कम्प्लेक्सले खाली गरिएको थिएन ।

अन्डरग्राउण्ड पार्किङमा भएका पसल भत्काउँदै महानगरपालिका (तस्बिरसहित)

काठमाडाैँ- काठमाडाैँ महानगरले अन्डरग्राउन्ड पार्किङ’ क्षेत्रमा सञ्चालित पसल हटाउने अभियान सुरु गरेको छ। महानगरले आजैबाट पसल हटाउने अभियान सुरु गरेकाे हाे। अन्डरग्राउण्ड पार्किङस्थल व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौँ महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो। महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल आज भत्काइएकाे […]