तत्काल निषेधाज्ञा हुनसक्ने यी ९ जिल्ला

काठमाडौं। सीसीएमसीले सिफारिस गरेको निर्णय जस्ताको त्यस्तै पारित भए काठमाडौंसहित ९ जिल्लामा तत्काल निषेधाज्ञा हुने देखिएको छ। ५ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु काठमाडौंसहित बाँके, ललिपुर, रुपन्देही, पर्सा, भक्तपुर, कास्की, मोरङ, दाङमा हुन्। सीसीएमसीले आइतबार शहरमा ५ सय र पहाडी क्षेत्रमा २ सयभन्दा बढी संक्रामित भए निषेधाज्ञा गर्नुपर्ने सिफारिस गरेको छ। निषेधाज्ञाबारे अन्तिम निर्णय भने आज बस्ने मन्त्रीपरिषदले गर्नेछ।

सम्बन्धित सामग्री

काठमाडौंमा २० साउनसम्म निषेधाज्ञा थप, यस्तो छ प्रमुख जिल्ला अधिकारीको आदेश

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले २० साउनसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  बैठकपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला...

यी हुन् निषेधाज्ञा थप भएका जिल्ला

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका ७० वटा जिल्लामा निषेधाज्ञा थप भएको छ । गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार धेरैजसो जिल्लाले असारको पहिलो हप्तासम्म निषेधाज्ञा थप गरेका छन् । सुनसरी, बझाङ, मुगु, लमजुङ र रुकुम पूर्वकाे भने निषेधाज्ञा थप भएको विवरण प्राप्त भइ नसकेको गृह मन्त्रालयले जनाएको छ । सबैजसो जिल्लामा जनजीवनलाई केही खुकुलो बनाउँदै निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा खुकुलाे बनाउँदै लगिए पनि स्वास्थ्य मापदण्डलाई भने अझै पूर्णरूपमा पालना गर्न भने छाेड्न नहुने डाक्टरहरूले बताउँदै आएका छन् । ...

निषेधाज्ञा जारी नभएका जिल्ला मात्र तीन, ७४ जिल्लामा निषेधाज्ञा

काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका ७७ मध्ये ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएका जिल्लामध्ये ६९ वटामा पूर्ण र ५ वटामा आंशिक निषेधाज्ञा जारी गरिएको छ। अब देशभर निषेधाज्ञा जारी नभएका मात्र तीन जिल्ला रहेका छन्। कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न स्थानीय प्रशासनले ती जिल्लामा निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ।

निषेधाज्ञा जारी नभएका जिल्ला मात्र तीन, ७४ जिल्लामा निषेधाज्ञा

काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका ७७ मध्ये ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएका जिल्लामध्ये ६९ वटामा पूर्ण र ५ वटामा आंशिक निषेधाज्ञा जारी गरिएको छ। अब देशभर निषेधाज्ञा जारी नभएका मात्र तीन जिल्ला रहेका छन्। कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न स्थानीय प्रशासनले ती जिल्लामा निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ।

यी हुन् निषेधाज्ञा नभएका चार जिल्ला !

काठमाण्डाै – देशका अरु जिल्लाको तुलनामा पूर्वी रुकुम, मनाङ, खोटाङ र तेह्रथुममा कोरोना संक्रमण कम देखिएको छ । यी जिल्लामा अहिलेसम्म निषेधाज्ञा लगाइएको छैन ।पालिकासँग सहकार्य गरेर जनप्रतिनिधिलाई जिम्मेवार बनाइएकोले सङ्क्रमण फैलिन नपाएको सम्बन्धित जिल्ला प्रशासनले जनाएका छन् । दोस्रो चरणको कोरोना भाइरसको संक्रमणदर बढेसँगै अहिले विभिन्न ७३ जिल्लामा आंशिकदेखि पूर्ण निषेधाज्ञा लगाइएको छ ।गृह मन्त्रालयकाअनुसार निषेधाज्ञा लागू भएका ७३ जिल्लामध्ये ६९ मा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ । आंशिक निषेधाज्ञा रहेका जिल्लामा काभ्र...

८ जिल्ला बाहेक अन्य सबै जिल्लामा निषेधाज्ञा

काठमाडौँः कोरोना संक्रमणको कारण अहिले देशका अधिकांस जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ। कुनै जिल्लामा दोस्रो देखि तेस्रो पटकसम्म निषेधाज्ञा थपिएको छ। काठमाडौं उपत्यका लगायत ६९ वटा जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ। बाँकेमा वैशाख १३ गतेबाट निषेधाज्ञा सुरु भएको थियो। त्यसपछि अन्य जिल्लाहरूमा पनि निषेधाज्ञा थपिँदै गयो। गृह मन्त्रालयका अनुसार सोमबार बिहान १०…

कुन जिल्ला कहिलेसम्म छ निषेधाज्ञा? निषेधाज्ञाको घेराभित्र ५६ जिल्ला

काठमाडौं : काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाहरुमा आजबाट थप भएको निषेधाज्ञा जारी छ। स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि एक साताको लागि जारी गरेको निषेधाज्ञा बुधवार रातिबाट सकिएको छ। तर प्रशासनले आजबाट फेरि एक साताको लागि निषेधाज्ञा थप गरेर वैशाख २९ गतेसम्म पुर्‍याएको छ। कोरोना संक्रमण फैलिँदै गएपछि अहिले देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लगाइएको…

हिमाली जिल्ला हुम्लामा पनि निषेधाज्ञा

सुर्खेत : हिमाली जिल्ला हुम्लामा पनि एक साता निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय हुम्लाले बैशाख २१ गते राति १२ बजेदेखि बैशाख २८ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिका संयोजक गणेश आचार्यले जानकारी दिए।पछिल्लो २४ घण्टामा हुम्लामा आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ। हवाई मार्गबाट सोमबार नेपालगञ्जबाट हुम्ला पुगेका ६ र सुर्खेत गएका दुईजनामा संक्रमण पुष्टि भएको छ। संक्रमणको थप जोखिम कम गर्न एक साताका लागि शिल गर्ने नि

यी हुन् निषेधाज्ञा जारी भएका ४५ जिल्ला

काठमाडौँ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि देशका करिब आधा भन्दा बढी जिल्लामा पूर्ण र आसिक निषेधाज्ञा जारी गरिएको छ । अहिलेसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा मात्र आंशिक र बाँकी ३६ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञा जारी भएको छ । आवश्यकता अनुसार जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)ले निषेधाज्ञा बढाउन सक्नेछन् । गत […]

यी हुन् निषेधाज्ञा जारी भएका जिल्ला (सूचीसिहत)

काठमाडौं । बिहीबारबाट काठमाडौं उपत्यकासहित १६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरस बढ्दो संक्रमणको  ‘चेन ब्रेक’ गर्न सरकारको निर्देशनमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका हुन् ।विहीबार विहानसम्म १६ जिल्लामा निषेधाज्ञा लागू भएको पाइएको छ । निषेधाज्ञा जारी हुने जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, बर्दिया, कैलाली,  कञ्चनपुर, बागलुङ, कालीकोटका, सुर्खेत, चितवन र पाल्पा रहेका छन् ।गृह मन्त्रालय प्रवक्ता जनकराज दाह