काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका ७० वटा जिल्लामा निषेधाज्ञा थप भएको छ । गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार धेरैजसो जिल्लाले असारको पहिलो हप्तासम्म निषेधाज्ञा थप गरेका छन् । सुनसरी, बझाङ, मुगु, लमजुङ र रुकुम पूर्वकाे भने निषेधाज्ञा थप भएको विवरण प्राप्त भइ नसकेको गृह मन्त्रालयले जनाएको छ । सबैजसो जिल्लामा जनजीवनलाई केही खुकुलो बनाउँदै निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा खुकुलाे बनाउँदै लगिए पनि स्वास्थ्य मापदण्डलाई भने अझै पूर्णरूपमा पालना गर्न भने छाेड्न नहुने डाक्टरहरूले बताउँदै आएका छन् । ...