काठमाडाैँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ। पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १-१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २-२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको हो। पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोवर्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ […]