इजरायलमा निर्माण क्षेत्रमा नेपाली कामदार पठाउने सम्बन्धमा दुई पक्षीय सम्झौता पत्र तयार गर्न संयुक्त कार्यदल बनाउने दुई देशबीच सहमति भएको छ । परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपालका लागि इजराजयका राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको छलफल पछि कार्यदल बनाउने सहमति भएको हो ।इजरायलको दूतावासले केयर गिभर क्षेत्रमा ९९ जना नेपाली कामदार आज इजरायल जान लागेकोमा पनि खुसी व्यक्त गरेको छ । यस क्षेत्रमा आगामी हप्तामा १ हजार जना कामदार इजरायल जाने बताइएको छ ।