काठमाडौं : वैदेशिक रोजगारीमा इजरायल जाने कामदारलाई असोज दोस्रो सातासम्म पठाउने वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलले नेपाली कामदार तत्कालै माग गरेकाले छिटो परीक्षा लिएर पठाउने तयारी विभागले गरिरहेको छ। वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारका अनुसार २८ भदौमा लिखित परीक्षा लिइने छ। सोही दिन परीक्षाको नतिजा प्रकाशन गरी अन्तरवार्ता गरिने छ। उनले भने, ‘अहिलेकै गतिमा काम भयो भने असोज दोस्रो साताबाट नेपाली कामदार इजरायल पठाउन सक्छौं।’