इजरायलमा नेपाली कामदार पठाउन दुई देशबीच भएको सम्झौता कार्यान्वयनका लागि प्रोटोकलमा बिहीबार हस्ताक्षर हुने भएको छ ।
कार्यान्वयन प्रोटोकलमा इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत हन्नान गोडेर गोल्डबर्गर र नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले हस्ताक्षर गर्नेछन् ।
नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार दुई देशबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर हुन लागेको हो । विभागका महानिर्देशक दाहालले प्रोटोकलमा हस्ताक्षरपछि एक/दुई साताबाट श्रमिक छनोट सुरु हुने र ...