कोरोनाले पत्रकार बस्नेतका बाबु-छोराको मृत्यु

दाङमा एक दिनको फरकमा बाबु-छोराको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

थप ३६३७ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार गरेको पत्रकार सम्मेलनमा ११ हजार ५८२ जनामा परीक्षण गर्दा ३ हजार ६३७ संक्रमित फेला परेका जनाइएको छ । परीक्षण गरिएका नमूनामध्ये औसत संक्रमण दर ३७.९ रहेको जनाइएको छ । बुधवार कोरोना निको भएर ७ हजार ५५५ जना डिस्चार्ज भएका छन् । कोरोनाले थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खोपका लागि औषधि व्यवसायीको याचना

जस्तोसुकै महामारी, बन्दाबन्दी वा निषेधाज्ञामा औषधि पसल (फार्मेसी) निर्वाध रूपमा सञ्चालन भइरहेका हुन्छन् । गत वर्षदेखिकै कोरोना (कोभिड–१९)को बन्दाबन्दीमा पनि औषधि उत्पादक तथा औषधि पसल निरन्तर सञ्चालन गर्नेहरूले कोरोनाविरुद्धको खोप पाउन सकेका छैनन् । चिकित्सक, नर्स, पारामेडिक्स, सुरक्षाकर्मी, पत्रकार फ्रन्टलाइनमा काम गर्नुपर्ने भएर अधिकांशले खोप लगाइसकेका छन् तर औषधि बिक्रेता (फर्मासिस्ट) र औषधि उत्पादकहरूले कोरोनाविरुद्धको खोप नपाउँदा जोखिम बढेको उनीहरूको गुनासो छ । कोरोनाको दोस्रो लहरमा मात्र ८० जनाभन्दा बढी औषधि व्यवसायीले कोरोना सङ्क्रमणका कारण मृत्युवरण गर्नुपरेको औषधि व्यवसायीको भनाइ छ । औषधि व्यवसायीले आफूहरूलाई पनि खोपको मात्रा लगाइदिन आग्रह गरेका छन् । अन्यथा ज्यान जोखिममा पारेर औषधि पसल सञ्चालन गर्न नसक्ने चेतावनीसमेत उनीहरूको छ औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले ८० जनाभन्दा बढी औषधि व्यवसायीको कोरोनाका कारण मृत्यु भइसकेको भन्दै ठूलो जोखिम मोलेर व्यवसाय सञ्चालन गर्न असहज भएको जानकारी दिनुभयो । उहाँले सरकारले औषधि व्यवसायीलाई प्राथमिकतामा नराख्दा कोरोनाले धेरै व्यवसायीको ज्यान गएको भन्दै यही अवस्थामा औषधि पसल सञ्चालन गरेर बस्न नसक्ने बताउनुभयो ।