थप ३६३७ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार गरेको पत्रकार सम्मेलनमा ११ हजार ५८२ जनामा परीक्षण गर्दा ३ हजार ६३७ संक्रमित फेला परेका जनाइएको छ । परीक्षण गरिएका नमूनामध्ये औसत संक्रमण दर ३७.९ रहेको जनाइएको छ । बुधवार कोरोना निको भएर ७ हजार ५५५ जना डिस्चार्ज भएका छन् । कोरोनाले थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।