काठमाडौं : प्रहरीले ७ करोड फिरौती माग गर्ने ७ जनालाई नियन्त्रणमा लिएको छ। सुनियोजित तरिकाले पीडितलाई पटकपटक फोन गरी तथा प्रत्यक्ष भेटेर धम्की दिई ७ करोड रुपैयाँ माग गर्ने व्यक्तिलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बिहीबार नियन्त्रणमा लिएको हो।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उदयपुर त्रियुगा नगरपालिका-१० का २१ वर्षीय सुजन आचार्य, कालिकोट सान्नित्रिवेणी-८ का २९ वर्षका टेक विक र बझाङ खप्तड छान्ना-७ का धर्मराज थापालाई नियन्त्रणमा लिएको हो।यसैगरी काभ्रेपलान्चोक तेमाल-२ का ३३ वर्ष