पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतमा पर्ने पोखरा–बागलुङ सडक खण्डका तीन ठाउँमा भएको सडक अवरोध हटाइएपछि सवारीहरू पूर्ववत् रूपमा सञ्चालनमा आएका छन्।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक ताराप्रकाश खत्रीका अनुसार कुश्मा नगरपालिका–८ तमादी खोला, दोबिल्ला र मोदी गाउँपालिका–५ बाजुङको भ्याप्ले खोला नजिकै सडक अवरुद्ध भएको थियो।भ्याप्ले खोला नजिकै सडकमाथिबाट मङ्गलवार साँझ करिब सात बजेको समयमा खसेको गेगरसहितको पहिरोले सडक पुरिएको थियो। मध्य