बेलायतले युक्रेनमा आफ्नो दूतावास पुनः सञ्चालन गर्ने भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि बन्द गरिएको दूतावास अर्को हप्तादेखि फेरि सञ्चालनमा ल्याइने भएको हो । युक्रेनको राजधानी किभमा दूतावास पुनः सञ्चालन गर्न गृहकार्य भइरहेको प्रधानमन्त्री बोरिस जोनसनले जानकारी दिएका छन् । हाल भारत भ्रमणमा रहेका प्रधानमन्त्री जोनसनले शुक्रबार भारतमा भने, “हामी अति चाडै नै सम्भवतः अर्को हप्ता नै किभमा बेलायतको दुतावास पुनः सञ्चालन गर्ने तयारीमा छौँ ।” उनी दुई दिने भ्रमणका लागि बिहीबार