टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको हो । खोप आज बिहान १०ः०० बजेदेखि उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । नगर प्रमुख प्रकाश अधिकारीले स्वास्थ्यकर्मी कुटपिट गर्ने स्थानीय रामकाजी थापालगायतको समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र गल्ती गर्ने समूहले पिटाइ खाने स्वास्थ्यकर