रुसी सेनामा भर्ती भएका ४ नेपाली युक्रेनमा बन्धक

काठमाडौं । रुसी सेनामा भर्ती भएका चार जना नेपाली युक्रेनमा बन्धक बनेका छन् । युक्रेनमा बन्धक हुनेहरूमा बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतीक पुन रहेको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । […] The post रुसी सेनामा भर्ती भएका ४ नेपाली युक्रेनमा बन्धक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

युक्रेनी सेनाको बन्धक बनेका छोराको यादले तड्पिरहेकी आमाको हारगुहार

काभ्रे मण्डनदेउपुर-६ की गंगा ढकाललाई चैनको निन्द्रा नपरेको झण्डै साढे चार महिना भइसक्यो । छोराको यादले उनलाई यसरी सताएको छ कि यो बीचमा उनलाई निन्द्रा नलाग्ने र झस्किरहने समस्या पनि देखा परेको छ । गत भदौ ३० गते पढ्नका लागि भन्दै रुसको मस्को पुगेका उनी संगठित मानव तस्करको फन्दामा परेर रुसी सेनामा भर्ती हुन पुगेका थिए ।

रुसी–युक्रेनी सेनामा भर्ती भएका नेपालीको विवरण सार्वजनिक गर्न माग

काठमाडौं : नेकपा(एमाले)का सांसद सूर्य थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण प्रश्तुत गर्न सरकारसँग माग गरेका छन्।बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको अवस्था र विवरण सार्वजनिक गर्न माग गरेका हुन्। उनले रुसी सेनामा कति युवाहरु पुगेका छन्? कतिको मृत्यु भयो? युक्रेनी सेनामा भर्ना भएका छन् कि छैनन् भन्ने विषयमा सरकारले आधिकारिक रूपमा जानकारी दिनुपर्ने बताए।विवरण संसदमा अविलम्ब प्रश्तुत गर्न माग गरे। उनले युक्रेन

दुईसय नेपाली युवा रुसी सेनामा भएको सरकारको अनुमान

अघिल्लो साता रुसी सेनामा भर्ना भएका छजना नेपालीको मृत्यु र एकजना युक्रेनी सेनाको बन्धक बनेको सरकारले जानकारी गरायो । सो समाचारपछि अवैध रुपमा स्वेच्छाले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने आवाज पनि उठिरहेको छ । यद्यपि त्यहाँ कति नेपाली छन् भन्ने यक्किन विवरण छैन । यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी …

रास्वपाद्वारा रुसी सेनामा रहेका नेपालीको विवरण पत्ता लगाउन सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा स्वस्फूर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ । रास्वपाका सांसदहरुले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास) को नियन्त्रणमा रहेका कञ्चनपुरका बिपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेका छन् । […]

युक्रेनमा विवेक खत्री बन्धक, छुटाउन पत्राचार

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा रहेको पुष्टि गरेको छ । बर्दियाका खत्री रुसी सेनामा भर्ती भएपछि युक्रेनसँगको युद्धका क्रममा असोज अन्तिम सातादेखि रुसी सेनाको...