चुनाव प्रचारमा सहभागी मन्त्री खतिवडा भन्छन्– मन्त्रीको हैसियतले होइन, नेताको हैसियतले आएको हुँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सत्तारुढ गठबन्धनको चुनावी प्रचार प्रसारमा सक्रियता देखाएका छन् । मंगलबार सत्तारुढ गठबन्धनले आयोजना गरेको हेटौंडा उपमहानगरपालिकाको प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा उनी सहभागी थिए ।मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई कुनै उम्मेदवार वा दल विशेषको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न आचारसंहिताले रोक लगाए पनि मन्त्री खतिवडाले आफू मन्त्रीका रुपमा नभइ नेकपा एकीकृत समाजवादी पार्टीको नेताका रुपमा कार्यक्रममा सहभागी भएको जिकिर गरे ।यद्यपि

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री खतिवडा आचारसंहिताविपरीत चुनावी कार्यक्रममा, निर्वाचन आयोग मौन

हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका छन् । सत्तारुढ गठबन्धनको हेटौंडा उपमहानगरपालिकाको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा मन्त्री खतिवडा पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका हुन् । निर्वाचन आचारसंहिताविपरीत सरकारी गाडी र सुरक्षाकर्मीसहित गठबन्धनद्धारा आयोजित कार्यक्रममा मन्त्री खतिवडा सहभागी भएका छन् । कार्यक्रममा सहभागी भएका उनले आफू मन्त्रीको हैसियतले […]

स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आबद्ध राष्ट्रिय युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।  नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र त्यसकाे मूल्य झन्डै दुई अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको युवा सङ्घले आराेप लगाएको छ । मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिमाथि छानबिन गर...