वडा कार्यालय र टोल विकास समितिले बनाइदिए अस्थायी टहरा

वडा कार्यालय र टोल विकास समितिले बनाइ दिएको अस्थायी टहरामा बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका पहिरो विस्थापित परिवार । दश स्थानीय तह रहेको जिल्लामा हालसम्म पहिरोका कारण नौँ घर विस्थापित भएका छन भने, २३ घर उच्च जोखिममा परेका छन । तस्बिर ः केदार मगर/रासस

सम्बन्धित सामग्री

‘बारास्थित गढीमाई मन्दिरको जग्गा अतिक्रमण गरी वडा कार्यालय बनाइयो’

वीरगञ्ज – बारास्थित गढीमाई मन्दिरको नाममा रहेको जग्गा अतिक्रमणमा परेको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले आरोप लगाएको छ। समितिका कोषाध्यक्ष महेश जैसवालले वीरगञ्जमा आइतबार पत्रकार सम्मेलन गरी गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको गढीमाई मन्दिरको जग्गा अतिक्रमण गरिएको आरोप लगाए। मन्दिरको नाममा रहेको जग्गा नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष मनोज गुप्ताले अतिक्रमण गरेको उनले बताए। […]

विकास आयोजनाको अनुगमनमा सूर्यविनायकका जनप्रतिनिधि

भक्तपुर, १४ फागुन । सूर्यविनायक नगरपालिका वडा नं. ८, ९ र १० मा भएका विकास र निर्माणका कामको जनप्रतिनिधि र संचारकर्मीले अनुगमन गरेका छन् । राष्ट्रिय सञ्चार केन्द्रको आयोजना एवं नगरपालिकाको समन्वयमा स्थानीय जनप्रतिनिधि र उपत्यकाका ३० पत्रकारले यहीँ फागुन ७ गतेदेखि सञ्चालमा आएको सूर्यविनायक नगर अस्पताल, वडा कार्यालय भवन, सडक, त्रिवेणी पुल, खानेपानी, डोलेश्वर […]

वीरगञ्जमा ५ वटा वर्थिङ सेन्टर र ५ वटा वडा कार्यालय भवन बनाईदै

२५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ५ वटा वर्थिङ सेन्टर र ५ वटा वडा कार्यालय भवन बनाउन लागिएको छ । महानगरपालिकाको विभिन्न वडामा वर्थिङ सेन्टर र वडा कार्यालय भवन बनाउन लागिएको हो । राष्ट्रिय योजना आयोगको विशेष अनुदानबाट वर्थिङ सेन्टर बनाउन लागिएको वीरगञ्ज महानगरपालिकाको पूर्वाधार विकास शाखाले जनाएको छ । वीरगञ्ज–२२ जगरनाथपुर, २६ नम्बर सुगौलीविर्ता, […]

नयाँ शहरी विकास आयोजनाको विरोधमा नगरवासी

राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाले शुरु गरेको पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाको विरोधमा सम्बन्धित नगरवासीले विरोध अभियान शुरु गरेका छन् । शङ्खरापुर नगरपालिका–९ का बासिन्दाले जानकारी नदिइ अपारदर्शीरुपमा शुरु गरिएको भन्दै वडा कार्यालय, नगरपालिका र आयोजना कार्यालयमा विरोधपत्र बुझाएका छन् । वडावासीले जग्गा एकीकरण गरी प्लटिङ गर्दा कृषि क्षेत्र सकिने र सम्पदा नासिने भन्दै …

पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाको विरोधमा नगरवासी

राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाले शुरु गरेको पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाको विरोधमा सम्बन्धित नगरवासीले विरोध अभियान शुरु गरेका छन् ।  शङ्खरापुर नगरपालिका–९ का बासिन्दाले जानकारी नदिइ अपारदर्शी रुपमा शुरु गरिएको भन्दै वडा कार्यालय, नगरपालिका र आयोजना कार्यालयमा विरोधपत्र बुझाएका छन् । वडावासीले जग्गा एकीकरण गरी प्लटिङ गर्दा कृषि क्षेत्र सकिने र सम्पदा नासिने भन्दै विरोध जनाएका हुन् । वडावासीले स्थानीय सरोकार र सम्पदा समिति गठन गरी तीन निकायमा विरोधपत्र बु

सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्‍चित गर्न विकास समितिको निर्देशन

२७ साउन, काठमाडौं । संसदीय समितिले सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले सबै स्थानीय तहको वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्रहरुमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो । स्थानीय तहको आफ्नै समन्वयमा मुलुकको सुशासन र […]

भीमदत्त–१२ को वडा कार्यालय भवन उद्घाटन

महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधवार नगर प्रमुख सुरेन्द्र विष्टले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । नगरपालिकाले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना योजना अनुरूप कार्यालय भवन निर्माण गरिएको उनले बताए । २ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन १ करोड ५८ लाखमा निर्माण भएको हो । कार्यालय भवनको उद्घाटन गर्दै नगर प्रमुख विष्टले वडाको सेवा सहज बनाउन सामुदायिक भवनको रूपमा समेत प्रयोग गर्न सकिनेगरि कार्यालय भवन निर्माण गरिएको बताए । भीमदत्त नगरपालिकाले हालसम्म चारओटा वडा कार्यालय भवनको निर्माण गरी सेवा दिइरहेको छ । यस्तै एउटा वडा कार्यालयको भवन उद्घाटन हुन बाँकी र दुईओटाको निर्माण अन्तिम चरण रहेको नगरपालिकाले बताएको छ । नगरपालिकाले स्वास्थ्य लगायत अन्य क्षेत्रमा पनि प्राथमिकताका पूर्वाधार निर्माण गरी सेवा दिइरहेको नगर प्रमुख विष्टको भनाइ छ । साथै नगरको वडा नम्बर १२ मा पर्यटन सूचना केन्द्र र भ्यू टावर बनाउने योजना रहेको उनले बताए । भीमदत्त–१२ का वडाध्यक्ष कृष्ण सिंह देउवाले आफ्नै कार्यालयबाट जनतालाई सहज रूपमा सेवा दिन भवन निर्माण गरिएको बताए । वडा कार्यालयले विकास निर्माण काम तीव्रताका साथ अघि बढाएको उनको भनाइ छ । बुधवार नै वडा कार्यालयसँगै रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको समेत नगर प्रमुख विष्टले उद्घाटन गरेका छन् ।

डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

२८ कात्तिक, हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका- ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको …