अर्थमन्त्री जनार्दन शर्माले सरकारको लक्ष्य उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने रहेको बताएका छन् । शुक्रबार पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्न चाहेकाले त्यसका लागि अग्रसर हुने व्यवसायीलाई आवश्यक सुविधा दिने बताए । ‘उद्योगधन्दा खोल्नका लागि चाहिने सुविद्या दिन सरकार तयार छ’, उनले भने,‘भन्सार, विद्युत र कर लगायतमा सरकारले छुट दिन तयार छ ।’ अर्थमन्त्री शर्माले देशमा उत्पादित ५ सय मेघावा